सुनको मूल्य तोलामा १६ हजार रुपैयाँ घट्यो

  २०८१ मंसिर १० गते १०:४४     विकासन्युज

काठमाडौं । सोमबार सुनको मूल्य तोलामा १६ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सरकारले सुनको भन्सार दर घटाएपछि तोलामा १५ हजार ९ सय रुपैयाँ घटेको हो ।

यससँगै सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँमा झरेर कारोबार भइरहेको छ । हिजो आइतबार सुनको मूल्य तोलामा १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

भारतमा सुनको भन्सार कम रहेका कारण नेपालमा तस्करी बढ्न सक्ने आशंकासहित सरकारले भन्सार दर घटाएको थियो ।

सरकारले सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशत र चाँदीको १५ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको छ । नयाँ भन्सार दर कार्यान्वयनमा आएपछि सुनको मूल्य पनि घटेको हो ।

भारतबाट सुन तस्करी भएर नेपालमा आउन नदिन भन्सार दर घटाउने निर्णय भएको विभागले जनाएको छ । सरकारले बजेटमार्फत १५ प्रतिशत रहेका भन्सार दर २० प्रतिशत पुर्‍याएको थियो ।

यस्तै, चाँदीको मूल्य तोलामा ११५ रुपैयाँ घटेर प्रतितोला १ हजार ८४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.