२०८१ मंसिर १० गते १६:१४ विकासन्युज
काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकका लागि थप सेवा दिन लाजिम्मपाटमा मुख्य कार्यालय रहेको जेनो फार्मेसी प्रालि र निर्भाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टरसँग व्यावसायिक सम्झौता गरेको छ ।
विभिन्न औषधी र स्वास्थ्यसम्बन्धी सेवा (फिजियोथेरापी, ओस्टियोप्याथी, नेचुरोप्याथी, प्राकृतिक चिकित्सा, आयुर्वेदिक चिकित्सा, अन्य) खरिद र डेलिभरीमा छुट प्रदान गर्न सम्झौता भएको हो ।
यस व्यावसायिक सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका कर्मचारी र ग्राहकले लाजिम्मपाट र भक्तपुर शाखा कार्यालयबाट विभिन्न औषधी र स्वास्थ्यसम्वन्धी प्रडक्ट खरिदमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
साथै, बैंकले विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामूहिक लगानी कोष मुक्तिनाथ म्युचुअल फण्ड यही आउँदो मंसिर महिनाभित्र सार्वजनिक निष्कासनमार्फत् इकाई बिक्रीमा ल्याउने प्रमुख सूचना अधिकारी तीलबहादुर गुरुङले जानकारी दिए ।
यस कोषको प्रवद्र्घक मुक्तिनाथ विकास बैंक र योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.