बुटवलपछि काठमाडौं ल्याइँदै रास्वपा सभापति लामिछाने

  २०८१ मंसिर ११ गते ८:०३     विकासन्युज

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज पोखराबाट काठमाडौं ल्याइने भएको छ । सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा पक्राउ परेका सभापति लामिछानेलाई आज पोखराबाट काठमाडौं ल्याइँदै छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयानका लागि लामिछानेलाई ल्याउन लागिएको हो । उनलाई आज बिहान ८ः४० बजेको बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याइने तयारी छ ।

काठमाडौंमा लामिछानेलाई २÷३ दिन राखेर बयान लिने सम्भावना छ । त्यसपछि उनलाई पुनः पोखरा लगिनेछ ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनीमाथि सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान भइरहेको छ ।

अनुसन्धानका क्रममा लामिछानेलाई यसअघि गत कात्तिक २७ गते पोखराबाट भैरहवा लगिएको थियो । बुटवलको सुप्रिम सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानमा रहेका लामिछानेलाई भैरहवामा ३ दिन बयान लिएर पुनः पोखरा फर्काइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.