२०८१ मंसिर ११ गते ८:२९ विकासन्युज
काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब अर्थात् १ हजार करोड रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । कार्यालयले सूचना जारी गर्दै ३ वर्ष अवधि रहेको विकास ऋणपत्र बोलकबोलमार्फत बिक्री गर्न लागेको हो ।
नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गत रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सरकारको ३ वर्षे विकास ऋणपत्र-२०८४ मंसिर १२ गते बोलकबोल मार्फत बिक्री गर्नेछ । साथै मंसिर १३ गते निष्कासन गरिने कार्यालयले जनाएको छ ।
इच्छुक खरिदकर्ताले बोलकबोल पेस गर्न सक्नेछन् । उक्त ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकहरूले भाग लिन सक्नेछन् ।
यस ऋणपत्रका विशेषता र बोलकबोल प्रक्रिया सम्बन्धी विस्तृत जानकारीका लागि यस कार्यालयको वेबसाइटको आन्तरिक ऋण सम्बन्धी सूचनामा हेर्न सकिनेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.