आइसिटी अवार्डमा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक, पब्लिक भोटिङ सुरु

  २०८१ मंसिर ११ गते १३:१७     विकासन्युज

काठमाडौं । आइसिटी अवार्ड २०२४ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक गरिएको छ । स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड र सोसल इन्नोभेसन आइसिटी अवार्डका उत्कृष्ट ५ घोषणा गरिएको छ ।

उत्कृष्ट ५ छनौटका लागि मंसिर १ गते बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म ग्राण्ड जुरी सेसन सञ्चालन भएको थियो । अवार्डका सेमिफाइनलिष्टहरू १४ जना विज्ञ जुरीसमक्ष प्रिजेन्टेसन तथा स्पिड डेटिङमा सहभागी भएर प्रस्तुति दिएका थिए ।

उत्कृष्ट ५ मा पर्ने स्टार्टअपहरूमा बसियो सर्भिसेस प्रालि, क्रिमसन टेक प्रालि, फ्यान्टासी गेम्स प्रालि, जियोभेसन नेपाल प्रालि र हेल्थ याद आयो प्रालि रहेका छन् । यसैगरी प्रडक्ट आइसिटी अवार्डअन्तर्गत उत्कृष्ट ५ प्रडक्टहरुमा एपीआईएमएस म्यानेजमेन्ट सिस्टम, ईनिर्माण, जिकवच, खातापाना वेब र कोइली रहेका छन् ।

त्यस्तै, राइजिङ स्टार इन्नोभेसन विधामा बालि विज्ञान, डा फिस, हाइपर्स, स्पीकअप नेपाल र राइट अन एआई परेका छन् । साथै यसै वर्षदेखि थप भएको सोसल इन्नोभेसन विधामा कताहो, ईकागजपत्र, जियोकृषि, एलएमसी अलर्ट र सफा नेपाल पर्न सफल भएका छन् ।

आइसिटी अवार्ड २०२४ का यी ४ विधाहरूमा ३०० बढीको नोमिनेसन प्राप्त भएको थियो । यसअघि स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसन विधामा सेमिफाइनलिष्टहरू छनौट गरिएको थियो ।

सेमिफाइनलिष्टहरूले मेन्टरिङ, बुटक्याम्प, इन्डष्ट्री भिजिट र गत कात्तिक २९ र ३० गते भएको टेकस्पायर स्टार्टअप आईडिया फेस्ट २०२४ मा सहभागी हुने अवसरसमेत प्राप्त गरेका थिए ।

उत्कृष्ट ५ सार्वजनिक भएसँगै पब्लिक पनि भोटिङ सुरु भएको छ । पब्लिक भोटिङ हाम्रो पेमार्फत गर्न सकिने छ । स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसन विधामा जुरीको मूल्यांकन र पब्लिक भोटका आधारमा सर्वोत्कृष्ट छनौट गरिने छ ।

साथै अवार्डका सेमिफाइनलिष्टहरू पब्लिक च्वाइस आइसिटी अवार्ड २०२४ मा सहभागी हुन पाउनेछन् । हाम्रो पेबाटै आफूलाई मन पर्ने सेमिफाइनलिष्टहरूलाई भोट गर्न सकिने छ । सबैभन्दा बढी भोट ल्याउने प्रतिस्पर्धीलाई पब्लिक च्वाइस आइसिटी अवार्ड प्रदान गरिने छ ।

सर्वोत्कृष्टहरूलाई आउँदो पुस ५ गते ह्यात रिजेन्सी बौद्धमा हुने आइसिटी अवार्डको ग्राण्ड फिनालेमा सम्मान गरिने छ ।

यसैगरी, आइसिटी अवार्ड २०२४ अन्तर्गत अन्य व्यक्तिगत र संस्थातर्फका विधाहरूमा पनि छनौट प्रक्रिया जारी रहेको छ । व्यक्तिगततर्फ प्रोफेसनल एक्सिलेन्स, पायोनियर, आन्टरप्रेनर, वुमन आइकन र नेपाली डायस्पोरा आइसिटी अवार्ड तथा संस्थागततर्फ डिजिटल एजुकेसन, डिजिटल गर्भनेन्स र डिजिटल सर्भिसेस विधामा छनौट प्रक्रिया सञ्चालन भइरहेको छ ।

साथै साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड विधामा पनि छनौट प्रक्रिया चलिरहेको छ । यस विधामा सार्क राष्ट्रबाट १०० बढीको आवेदन प्राप्त भएको थियो भने सर्वोत्कृष्ट छनौटको लागि भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाबाट जुरी सदस्यहरु रहेका छन् ।

यसबाहेक सातै प्रदेशका एक-एक स्टार्टअपलाई प्रोभिसियल स्टार्टअप आइसिटी रिकग्निसनसमेत प्रदान गरिने छ । यसले मोफसलमा स्टार्टअप प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसका लागि सातै प्रदेशमा केही समय अगाडि स्टार्टअप मिटअपसमेत आयोजना गरिएको थियो ।

सन् २०१६ बाट लिभिङ विथ आइसिटीले आयोजना गर्दै आइरहेको आइसिटी अवार्डको यो नवौं संस्करण हो । सर्वोत्कृष्ट छनौटका लागि ६ महिनासम्म निरन्तर सञ्चालन हुने यस कार्यक्रम सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित छ ।

अवार्डमा १४ जना विज्ञ जुरी सदस्यहरु रहेका छन भने १३ जनाको विशिष्ट सल्लाहकार समिति रहको छ । ६ महिनासम्म विभिन्न २५ बढी जुरी मिटिङ र दर्जन बढी प्रि-इभेन्टहरू हुने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.