२०८१ मंसिर ११ गते १५:२६ विकासन्युज
काठमाडौं । मंगलबार सेयर बजारमा हरियाली छाएको छ । आज सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले बढेको हाे । आज नेप्से परिसूचक ३३.४१ अंकले बढेर बजार २ हजार ७ सय १६.६६ बिन्दुमा पुगेको छ ।
मंगलबार २११ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३२ कम्पनीको मूल्य घटेको छ । त्यसैगरी, एउटा कम्पनीको मूल्यमा परिवर्तन भएको छैन । यस दिन १ करोड ४२ लाख कित्ता सेयरको किनबेच हुँदा ७ अर्ब ४४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको ४५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।
यसैगरी, न्याग्दी गुप्र पावर लिमिटेडको ३३ करोड, एनआरएन इन्फ्राक्टर एन्ड डेभलपमेन्ट लिमिटेडको २८ करोड र कर्णाली डेभलपमेन्ट बैंकको २५ करोड बढीको सेयर कारोबार भएको छ ।
यो दिन तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै थ्रि स्टार हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबै उपसूचकमा हरियाली छाएकाे छ । तर सबैभन्दा बढी जलविद्युतमा लगानीकर्ताको आकर्षण देखिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.