एनपीएल डिशहोम गो एप र एक्सन स्पोर्टसको युट्युब च्यानलमा हेर्न सकिने

  २०८१ मंसिर ११ गते १८:३०     विकासन्युज

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को डिजिटल स्ट्रिमिङ अधिकार डिशहोमले प्राप्त गरेको छ ।

डिजिटल माध्यमबाट खेलको प्रत्यक्ष प्रशारण गर्न एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र डिश मिडिया नेटवर्कबीच सम्झौता भएको हो ।

डिशहोमले एनपीएल २०२४ का सबै खेल प्रत्यक्ष रूपमा डिशहोम गो एप र एक्सन स्पोर्टस एचडी नामक युट्युब च्यानलमा प्रशारण गर्नेछ ।

एनपीएल २०२४ मा विराटनगर, चितवन, जनकपुर, कर्णाली, काठमाडौं, लुम्बिनी, पोखरा, र सुदूरपश्चिम गरी ८ फ्रेन्चाइज टिमहरूले राउन्ड–रोबिन फर्म्याटमा प्रतिस्पर्धा गर्नेछन् ।

कुल ३२ खेलहरूको रोमाञ्चक यात्रा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न हुनेछ। प्रतियोगिता मंसिर १५ देखि पुष ६ सम्म कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आयोजना हुनेछ ।

प्रतियोगिताका खेलहरू टेलिभिजनमा भने स्टार स्पोर्ट्स नेटवर्कले प्रसारण गर्नेछ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.