स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

  २०८१ मंसिर १२ गते ७:३०     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन भएको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बैंकले मंसिर १२ गते एक दिनका लागि बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले बैंकको ६.५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो । मंगलबार बैंकको सेयर प्रतिकित्ता ७६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । समायोजनपश्चात् बैंकको सेयर मूल्य ७१३.६२ रुपैयाँ कायम भएको छ । बुधबार सोही मूल्यमा बैंकको सेयर कारोबार खुल्नेछ ।

बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँको ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १९ प्रतिशत नगद गरी कुल २५.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लाभांश पारित गर्न बैंकले मंसिर २५ गते आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बिहान साढे ९ बजे ३८औँ वार्षिक साधारण सभा बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.