२०८१ मंसिर १२ गते १०:४६ विकासन्युज
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले बोनस सेयर वितरणपश्चात् हकप्रद सेयर जारी गर्नेछ । कम्पनीले १ सय प्रतिशत हकप्रद सेयर जारी गर्ने घोषणा गरेको हो ।
लाभांश पारित गर्न कम्पनीले पुस १२ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायमसेयरधनीहरु मात्रै साधारण सभामा उपस्थित भई लाभांश प्राप्त गर्न सक्नेछन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.