कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले भने- रोकिएको आईपीओ समयमै आउँछ

  २०८१ मंसिर १२ गते ११:५०     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले लामो समयदेखि रोकिएको आईपीओ समयमा नै आउन थाल्ने दावी गरेका छन् । बुधबार बोर्डमा कार्यभार सम्हाल्दै उनले यस्तो दावी गरेका हुन् ।

अध्यक्ष श्रेष्ठले नयाँ स्टक एक्स्चेन्जका विषयमा सरकारको सहयोग लिएर अघि बढ्ने पनि बताए । साथै उनले आफ्नो कार्यकालमा सेबोन आफ्नै भवनमा सर्ने पनि दाबी गरे ।

नवनियुक्त अध्यक्ष श्रेष्ठले मंगलबार शपथ लिएका थिए । उनलाई अर्थमन्त्रालयमा अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले शपथ ग्रहण गराएका हुन् । श्रेष्ठलाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हाे ।

स्याङ्जाको भीरकोट नगरपालिकामा जन्मेका श्रेष्ठ हाल बुटवल बस्छन् । साथै उनको बसाईं काठमाडौंसमेत छ । काठमाडौं विश्वविध्यालयबाट एमबीए गरेका श्रेष्ठ स्वाभिमान लघुवित्त वित्तीय संस्थामा करिब ८ वर्ष अध्यक्षको जिम्मेवारी निभाइसकेका छन् ।

काठमाडौं विश्वविध्यालयबाट एमबीए गरेका श्रेष्ठ स्वाभिमान लघुवित्त वित्तीय संस्थामा करिब ८ वर्ष अध्यक्षको जिम्मेवारी निभाइसकेका छन् । २०८० पुस २० गतेदेखि धितोपत्र बोर्ड अध्यक्षविहीन रहँदै आएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.