उद्योगको लाइन नकाट्ने प्राधिकरणको निर्णय

  २०८१ मंसिर १२ गते १३:१८     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगहरूको विद्युत लाइन नकाट्ने भएको छ । बुधबार बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

मंगलबार विद्युत नियमन आयोगले उद्योगमा तत्काल लाइन नकाट्न निर्देशन दिएपछि आज समितिको बैठक बसेको थियाे। सञ्चालक समितिको बैठकले नियमन आयोगको निर्देशन पालना गर्दै तत्काल लाइन नकाट्ने भएकाे हाे ।

प्राधिकरणले उद्योगीहरूले बक्यौता रकम नतिरेको भन्दै लाइन काट्ने योजनामा रहे पनि नियमन आयोगले नकाट्न निर्देशन दिएपछि प्राधिकरण पछि हट्न बाध्य भएकाे हाे । यसअघि प्राधिकरणले १५ दिनभित्र बक्यौता नतिरे उद्योगहरूको लाइन काट्ने जनाएको थियो । उक्त समयावधि आज सकिँदै छ ।

साथै, वैकल्पिक उपायबाट उद्योगीहरूको बक्यौता रकम उठाइने समेत बताइएको छ । यद्यपि उक्त उपाय भने सार्वजनिक गरिएकाे छैन । सरकारले डेडिकेटेड र ट्रंकलाइन विवादको विषयमा लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.