२०८१ मंसिर १२ गते १५:३३ विकासन्युज
काठमाडौं । पुँजी बजारमा बुधबार हरियाली छाएको छ । पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ नेतृत्व पाएसँगै बजारमा रौनकता छाएको हो । धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएर बुधबारमात्रै कार्यभार सम्हालेका हुन् ।
साथै, नवनियुक्त अध्यक्ष श्रेष्ठले पुँजी बजारको विकास र लगानीकर्ताको हितमा काम गर्ने बताएका छन् । जसले लगानकर्तामा उत्साह छाएको देखिन्छ ।
बोर्डले अध्यक्ष पाएसँगै लामो समयदेखि रोकिएका कामहरू अघि बढ्ने अपेक्षा लगानीकर्ताहरूले गरेका छन् ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.४२ प्रतिशत अर्थात् ३८.८१ अंक बढेर २ हजार ७५५.४७ अंकमा बन्द भएको छ । साथै, आज दिनभरिमा ३१६ कम्पनीको १ करोड ७१ लाख ८३ हजार कित्ता सेयर ८९ हजार पटक खरिद बिक्री हुँदा ९ अर्ब ३१ करोड २९ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज १९९ कम्पनीको सेयर ११९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ४० कम्पनीको मूल्य घटेको छ । साथै, विभिन्न ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको देखिन्छ । नेप्सेका अनुसार विशाल बजार, कर्णाली डेभलपमेन्ट बैंक, कर्पाेरेट डेभलपमेन्ट बैंक,, सिन्धु विकास बैंक, सपोर्ट माइक्रोफाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, मानुषी लघुवित्त वित्तीय संस्था, ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशत बढेको छ ।
तर, मिथिला लघुवित्त संस्थाको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको देखिन्छ । यस लघुवित्तको सेयर मूल्य १० प्रतिशत अर्थात् १९६ रुपैयाँ घटेर १ हजार ७६४ रुपैयाँमा झरेको छ ।
आज जानकारी फाइनान्सको सेयर कारोबार धेरै भएको छ । यस कम्पनीको ३४ करोड १ लाख १२ हजार रुपैयाँको सेयर कारोबार भएको हो । यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको ३३ करोड १६ लाख ३९ हजार रुपैयाँ, पिपुल्स हाइड्रोको २४ करोड ७२ लाख ९५ हजार रुपैयाँ, नेपाल फाइनान्सको २४ करोड १७ लाख ४२ हजार रुपैयाँ र सप्तकोशीको २२ करोड ८४ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
आज फाइनान्स समूहबाहेक सबै समूहमा हरिायाली छ । बैंकिङ समूह ०.३२ प्रतिशत, विकास बैंक समूह ३.१८ प्रतिशत, होटल तथा पर्यटन समूह १.३६ प्रतिशत, जवलविद्युत समूह १.४६ प्रतिशत, लगानी समूह ०.७१ प्रतिशत, जीवन बीमा समूह २.८१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.६३ प्रतिशत, लघुवित्त समूह ०.९० प्रतिशत, म्युचुअल फण्ड समूह ०.०९ प्रतिशत, निर्जीवन बीमा समूह १.१८ प्रतिशत, अन्य समूह ०.५६ प्रतिशत, व्यापार समूह ९.२७ प्रतिशत बढेको छ । तर, फाइनान्स समूह ०.४७ प्रतिशत घटेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.