२०८१ मंसिर १३ गते ८:३४ विकासन्युज
काठमाडौं । सपोर्ट लघुवित्त र फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज मंसिर १३ गते अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई लघुवित्तले मंसिर १४ गते बुकक्लोज गर्दैछन् ।
त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले यी लघुवित्तको साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।
सपोर्ट लघुवित्तले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पूँजी १० करोड ७६ लाख १८ हजार रुपैयाँको १३.७७ प्रतिशतका दरले १ करोड ४८ लाख २४ हजार रुपैयाँ बोनस शेयर र कर प्रयोजनार्थ ०.७२ प्रतिशतका दरले ७ लाख ८० हजार रुपैयाँ नगद गरी कुल १४.४० प्रतिशत अर्थात् १ करोड ५६ लाख ४ हजार रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लाभांश पारित गर्न लघुवित्तले पुस ६ गते दुर्गा पार्टी प्यालेस इटहरी-४, सुनसरीमा १०औँ वार्षिक साधारण सभा बिहान ११ बजे बोलाएको छ ।
यस्तै, फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले गत आर्थिक वर्ष २०८०÷८१ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी १ अर्ब ५ करोड ५५ लाख ६३ हजार रुपैयाँको १३.३९ प्रतिशतका दरले १४ करोड ३ लाख ८९ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशतका दरले ७३ लाख ८८ हजार रुपैयाँ नगद गरी कुल १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
लाभांश पारित गर्न लघुवित्तले मंसिर २८ गते दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल, दुहवी, सुनसरीमा १२औँ वार्षिक साधारण सभा बिहान ११ बजे बोलाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.