लक्ष्य होल्डिङ्स र लक्ष्य क्यापिटलको लाभांश घोषणा, कुनको कति ?

  २०८१ मंसिर १३ गते ९:०२     विकासन्युज

काठमाडौं । लक्ष्य होल्डिङ्स र लक्ष्य क्यापिटलले लाभांश घोषणा गरेका छन् । दुइटै कम्पनीको कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।

लक्ष्य होल्डिङ्सले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद गरी कुल ५.२५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

यस्तै, लक्ष्य क्यापिटलले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.१५ प्रतिशत नगद गरी कुल ३.१५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

साथै, यी दुइटै कम्पनीले लाभांश पारित गर्न पुस ६ गते ललितपुर पार्टी प्यालेस सातदोबाटो बिहान १० बजे तेस्रो वार्षिक साधारण सभा बोलाएका छन् ।

कम्पनीको सभाले स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, आर्थिक वर्ष २०८१÷८२ को लागि लेखापरीक्षक नियुक्त गर्नेछ ।

लक्ष्य होल्डिङ्ग “१०,००० लगानीकर्ताहरुको जमघट” अभियान संचालन गरि बढीभन्दा बढी लगानीकर्ताहरुलाई लगानीका सूचनाको संजालमा राख्ने समूह हौं । पहिलो चरणको लक्ष्य अनुसार १० हजार लगानीकर्ताहरुको नामावली तयार पार्ने उदेश्य राखिएको थियो । जुन ३ महीनामै ९ हजार ६ सयभन्दा बढी लगानीकर्ताहरु आबद्ध भएको कम्पनीको भनाइ छ ।

१० हजार लगानीकर्ताहरुको नामावली संकलन गरि भविष्यमा आउने लगानीका अवसरहरुको सूचनाको लागि मात्र हो र यसको लागि कुनै शुल्क उठाईएको छैन । लक्ष्य होल्डिंङ्गसको १ अर्ब १५ करोड अधिकृत पूँजी र १ अर्ब चुक्ता पूँजी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.