२०८१ मंसिर १३ गते १०:१० विकासन्युज
काठमाडौं । भू-प्राविधिक समाज (नेपाल जियोटेक्निकल सोसाइटी)ले अन्तर्राष्ट्रिय ‘जियोमान्डु’ शृंखलाको दोस्रो संस्करण ‘जियोमान्डु-२०२४’ काठमाडौंको र्याडिसन होटेलमा सुरु भएको छ । कार्यक्रम आजभोली ‘दिगो पूर्वाधारका लागि भू-प्रविधि’ शीर्षकको विषयवस्तुका साथ आयोजना गरिएको हो ।
कार्यक्रममा विभिन्न देशका भू-प्राविधिक, इन्जिनियर र अनुसन्धानकर्ताको सहभागीता रहेको छ । कार्यक्रममा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह मुख्य अतिथिका रूपमा उपस्थित हुँदै छन् ।
‘आजको समयमा नेपालले धेरै विकास गरिरहेको छ । सडक, जलविद्युत, सिंचाई र नयाँ सहर बनाउने काममा ठूलो प्रगति भएको छ । तर यी विकास कार्यहरू गर्दा हामीले प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको पनि ध्यान दिनुपर्छ,’ देबेन्द्र केसीले भने ।
यसका लागि भू-प्राविधिक इन्जिनियरिङको भूमिका धेरै महत्वपूर्ण रहेको सहभागीहरु बताउँछन् ।
यस सम्मेलनले अनुसन्धानकर्ताहरू, इन्जिनियरहरू र व्यवसायीका लागि ज्ञान आदान-प्रदान गर्न, अनुसन्धान निष्कर्षहरू प्रसार गर्न र पूर्वाधार विकासको अर्को चरणलाई परिभाषित गर्ने हेतुले कार्यक्रमको आयोजना गरिएको आयोजकको भनाई छ।
‘जियोमान्डु’ सम्मेलन श्रृंखलाले विश्वव्यापी स्तरमा दिगो पूर्वाधार विकासमा केन्द्रित रहँदै भू-प्राविधिक इन्जिनियरिङ समुदायभित्र ज्ञान आदान-प्रदान, सहकार्य र दिगो समाधानहरूको प्रवर्धन गर्ने लक्ष्य राखेको छ। यस सम्मेलनमा संसारभरका विज्ञहरूले एक अर्कामा ज्ञान अनुभव आदानप्रदान गर्ने बताइएको छ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.