लघु निर्जीवन बीमाको व्यापार २६ करोड बढी, कुनको कति ?

  २०८१ मंसिर १३ गते १७:१९     विकासन्युज

काठमाडाैं । चालु आर्थिक वर्ष (२०८१/०८२) को चार महिना (साउनदेखि कार्तिकसम्म) मा लघु निर्जीवन बीमा कम्पनीले २६ करोड १४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । नेपालमा सञ्चालनमा रहेका ४ लघु निर्जीवन बीमा कम्पनीले उक्त रकम संकलन गरेका हुन् ।

जसमध्ये नेपाल माइक्रो इन्स्योरेन्सले ७ करोड ९० लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्दै पहिलो स्थानमा रहेको छ ।

यसैगरी, ५ करोड ९३ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दै ट्रस्ट माइक्रो इन्स्योरेन्स तेस्रो स्थानमा रहेको छ भने ६ करोड ४१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्दै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स ट्रस्टलाई पछ्याइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.