२०८१ मंसिर १३ गते १७:५३ विकासन्युज
काठमाडाैं । असोजको दोस्रो साता आएको बाढी-पहिरोबाट बीमा कम्पनीहरूमा १२ अर्ब २६ करोड रुपैयाँ बढीको दाबी पेश भएको छ । नेपालमा सञ्चालित १८ निर्जीवन बीम कम्पनी (लघु निर्जीवनसहित)मा उक्त रकम बराबर ३ हजार ५२९ वटा दाबी पेश भएको छ ।
जसमध्ये कम्पनीहरूले ७८ करोड ९३ लाख रुपैयाँमात्रै दाबी भुक्तानी दिएको नेपाल बीमा प्राधिकरणले जनाएको छ । हालसम्म सबैभन्दा धेरै दाबी भुक्तानी शिखर इन्स्योरेन्सले दिएको छ । शिखरले २७ करोड ६ लाख रुपैयाँ दाबी भुक्तानी दिएको हो ।
शिखरमा हालसम्म १ अर्ब १० करोड रुपैयाँ बढीको दाबी पेश भएको छ । यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा २ अर्ब ५७ करोड रुपैयाँ दाबी पेश हुँदा सो कम्पनीले १३ करोड ६७ लाख रुपैयाँ भुक्तानी गरेको छ । यसैगरी, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८ करोड ५३ लाख रुपैयाँ दाबी भुक्तानी दिँदा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ७ करोड ३२ लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ । उक्त कम्पनीहरूमा क्रमशः १ अर्ब २ करोड र १ अर्ब ३६ करोड रुपैयाँ दाबी पेश भएको छ ।
७६ करोड ३९ लाख रुपैयाँ दाबी पेश भएको नेको इन्स्योरेन्सले ६ करोड ९० लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ भने ५० करोड दाबी पेश भएको नेशनल इन्स्योरेन्सले २ करोड २६ लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ । यस्तै दि ओरिन्टल इन्स्योरेन्सले २ करोड १ लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ । सो कम्पनीमा १ अर्ब ५३ करोड रुपैयाँ बढीको दाबी पेश भएको छ ।
सरकारी स्वामित्व रहेको राष्ट्रिय बीम कम्पनी र ट्रस्ट माइक्रो इन्स्योरेन्सले हालसम्म एक रुपैयाँ पनि दाबी भुक्तनी दिएका छैनन ।
कुन कम्पनीले कति दिए दाबी भुक्तनी ?
Copyright © 2024 Bikash Media Pvt. Ltd.