२०८१ मंसिर १५ गते ११:२३ विकासन्युज
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु हुँदैछ । एनपीएलका खेलहरूलाई अझ रोमाञ्चक बनाउन एनसेलले सधैँ अन, डेटा र भ्वाइसमा तीन वटा आकर्षक एनपीएल फ्यान प्याक संचालनमा ल्याएको छ ।
यी अफरहरू अन्तर्गत ग्राहकहरूले अनलिमिटेड यूट्युब र अनलिमिटेड डेटाका साथ एनपीएल भरी अनलाइनमार्फत खेलको मजा लिन सक्ने छन् । यसका साथै ग्राहकका लागि अनलिमिटेड भ्वाइस अफर पनि उपलब्ध छ । यी प्याकहरु लिने ग्राहकले एनपीएलका खेलहरु प्रत्यक्ष मैदानमा नै हेर्न टिकट लगायत अन्य आकर्षक उपहार जित्नको लागि पनि योग्य हुनेछन् ।
सधै अन प्याक अन्तर्गत ग्राहकहरूले ३९९ रुपैयाँदेखि १ हजार ४९९ रुपैयाँसम्मको कुनै पनि प्याकको खरिदमा ग्राहकले यूट्युबमा प्याक अवधिभर अनलिमिटेड पहुँच पाउनेछन् । यससँगै ग्राहकहरूले अतिरिक्त डेटा शुल्कको बारेमा चिन्ता नगरी एनपीएलका रोमाञ्चक खेलहरू अनलाइन मार्फत कुनै पनि समयमा जहाँ भए पनि हेर्न सक्नेछन् ।
त्यसैगरी डेटा सेवा आवश्यक भएका ग्राहकहरूका लागि एनसेलले अनलिमिटेड डेटा अफर ल्याएको छ । ग्राहकहरूले ५० रुपैयाँमा १ दिनको समयसिमा रहेको अनलिमिटेड डेटा प्याक लिन सक्ने छन् । १२५ रुपैयाँमा ३ दिन, १९९ रुपैयाँमा ७ दिन र ९९९ रुपैयाँमा २८ दिन समयावधि रहेको अनलिमिटेड डेटा किनेर एनपीएलका खेलहरूको मजा अनलाइन मार्फत लिन सकिन्छ ।
भ्वाइस सेवामा पनि अनलिमिटेड प्याक रहेका छन् । ७ दिनको लागि १४९ रुपैयाँ र २८ दिनको लागि ४९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस सेवा लिन सकिन्छ । माथि उल्लेखित सधंै अन, अनलिमिटेड डेटा प्याकहरू, र अनलिमिटेड भ्वाइस प्याकहरू किन्ने सबै ग्राहकहरु एनपीएल खेलहरु मैदानमा नै हेर्नका लागि टिकट जित्न योग्य हुनेछन् ।
यी प्याकहरू किनेपछि ग्राहकहरूले एसएमएस मार्फत एनसेल एपमा रहेको ‘स्पिन द ह्वील’मा जाने लिंक प्राप्त गर्छन् । एपमा गई ह्वील घुमाउँदा ग्राहकहरूले एनपीएल खेलको टिकट, १ जीबी डेटा, ५० रुपैयाँ क्यासब्याक (१ दिनको समयसिमा), १०० रुपैयाँ क्यासब्याक (१ दिनको समयसिमा), वा १०० अन–नेट एसएमएस (१ दिनका समयसिमा) पाउँनेछन् ।
त्यसैगरी, एनसेल फाउन्डेसनले प्रत्येक एनपीएलको खेलमा हानिने चौकामा ग्रामीण र दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई चारवटा शैक्षिक सामाग्री वितरण गर्नेछ । यस सामाजिक पहलको उद्देश्य विद्यार्थीहरूको जीवनमा शैक्षिक अवसर र उज्जवल भविष्यका लागि अवसरहरू बढाउनु हो ।
नेपाल क्रिकेट संघ (क्यान) र एनसेलले एनपीएलको लागि सहकार्य गरेको छ । यस साझेदारी अन्तर्गत सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको पार्वड बाई पार्टनरको रुपमा एनसेल रहेको छ । यस साझेदारी अन्तर्गत एनसेलले नेपाली क्रिकेटप्रेमीहरूका लागि यो क्रिकेट महोत्सवलाई ऊर्जा प्रदान गर्दै आफ्नै स्थानीय क्रिकेट प्रतिभाहरुको विकासमा योगदान पुरÞ्याउने विश्वास लिईएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.