सुपरमाई हाइड्रोको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

  २०८१ मंसिर १६ गते ७:४३     विकासन्युज

काठमाडौं । सुपरमाई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज मंसिर १६ गते अन्तिम दिन रहेको छ ।साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १७ गते बुकक्लोज गर्दैछ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजसम्म कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।

हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी ५० करोड रुपैयाँको ७ प्रतिशत अर्थात् ३ करोड ५० लाख रुपैयाँ बोनस सेयर र ५.६३ प्रतिशत अर्थात् २ करोड ८१ लाख ५० हजार रुपैयाँ नगद लाभांश (कर सहित) गरी कुल १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

लाभांश पारित गर्न कम्पनीले मंसिर २८ गते लिसरा रिसेप्सन्स नक्सालमा १०औँ वार्षिक साधारण सभा दिउँसो ४ बजे बोलाएको छ । सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.