२०८१ मंसिर १६ गते ८:०७ विकासन्युज
काठमाडौं । गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको साढे ३ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको हो ।
बैंकका अनुसार संस्थापक समूहका सेयरधनीहरूमध्ये केही सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्रीमा राखेका हुन् । जसमा २ लाख ५१ हजार १५२ कित्ता र १ लाख ८ हजार १३० कित्ता गरी कुल ३ लाख ६० हजार ८२ कित्ता सेयर बिक्रीमा राखिएको हो ।
जसमध्ये २ लाख ५१ हजार १५२ कित्ता सेयरका लागि संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् भने १ लाख ८ हजार १३० कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले पनि खरिद गर्न पाउने छन् । खरिद इच्छुकले बैंकमा सम्पर्क गर्नुपर्नेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.