२० प्रतिशत लाभांश पारित गर्न सूर्यज्योति लाइफले पुस ६ गते डाक्यो सेयरधनी भेला

  २०८१ मंसिर १६ गते ८:४७     विकासन्युज

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले १७औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको मंसिर १४ गते बसेको बैठकले पुस ६ गते विराटनगरको बिग होटलमा बिहान १० बजे वार्षिक साधारणसभा बोलाएको हो ।

सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार रुपैयाँको करसहित २० प्रतिशतका दरले १ अर्ब २३ लाख ८९ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।

सभाले गत वर्ष कम्पनीबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चको अनुमोदन गर्नेछ । वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने रिक्त सञ्चालक पदमा सञ्चालक समितिबाट भएको नियुक्ति र आर्थिक वर्ष २०८१÷८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

लाभांश तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले मंसिर २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरूले सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.