उपनिर्वाचनको नतिजा आउनेक्रम जारी, कहाँ कसले जित्यो ?

  २०८१ मंसिर १७ गते ७:४४     विकासन्युज

काठमाडौं । आइतबार सम्पन्न स्थानीयतह उपनिर्वाचन, २०८१ को नतिजा आउनेक्रम जारी छ । हालसम्म मतपरिणाम सार्वजनिक भएका अधिकांशमा नेपाली कांग्रेसले जितेको छ । साथै, नेपाली कांग्रेसलाई केपाल कम्युनिष्ट पार्टी (एमाले)ले पच्छ्याइरहेको छ ।

दैलेखको महाबु गाउँपालिका अध्यक्ष पदमा नेकपा (एमाले)का जङ्गबहादुर शाहीले तीन हजार एक सय २७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका झलकबहादुर भण्डारीले दुई हजार छ सय ७५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए ।

सुनसरीको गढी गाउँपालिका–६ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार तेतर साहले आठ सय १६ मत गरेर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का सन्तु उराँवले सात सय ७० मत प्राप्त गरेका छन् भने नेकपा (माओवादी केन्द्र)का कुशेश्वर खेरवारले छ सय ९५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्ययाले जानकारी दिए ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र ४ को वडाध्यक्ष पदमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार विजयी भएका छन् । डाक्नेश्वरी–१ धीरेन्द्रकुमार साह र डाक्नेश्वरी– मा देवेन्द्रप्रसाद यादव निर्वाचित एको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले जानकारी दिए ।

बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार धीरेन्द्र पुजाराले छ सय ५७ मत प्राप्त गरेर निर्वाचित भएका छन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार लखिचन्द्र बोहराले चार सय ८७ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

गढीमाई –८ मा नेकपा एसको उम्मेदवार विजयी

रौतहटको गढीमाई नगरपालिका वडा ८ को वडाध्यक्ष पदमा नेकपा (एकीकृत समाजवादीका)का उम्मेदवार बजरङ्गीप्रसाद यादव विजयी भएका छन् । हिजो सम्पन्न उपनिर्वाचनमा उनले ६५५ मत प्राप्त गरेका थिए ।

उनका निकटतम प्रतिस्पर्धि नेकपा (एमाले)का जिउतीदेवी यादवले ६३१ मत ल्याएकी थिइन् भने नेपाली कांग्रेसका सुबोधकुमार यादवले छ सय १७ मत र जसपा नेपालका सन्देशप्रसाद यादवले दुई सय ५८ मत ल्याएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिए । यसअघिको निर्वाचनमा जनता समाजवादी पार्टी नेपालका रामाज्ञा यादव निर्वाचित भएका थिए ।

ईशनाथ–७ मा कांग्रेसको उम्मेदवार विजयी

ईशनाथ नगरपालिका वडा–७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका शेख अब्दुल खलिकले बजरङ्गीप्रसाद यादवले छ २७ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिष्पर्धि एमालेका उम्मेदवार शेख अनवरले पाँच सय ७५ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिए ।

उदयपुरको त्रियुगा–१२ म माओवादी केन्द्रका राई निर्वाचित

उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नविनकुमार वान्तवा राई निर्वाचित भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा उहाँले नौ सय २३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । उनँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लक्ष्मी नारायण चौधरीले छ सय आठ मत पाए ।

सप्तरीको डाक्नेश्वरी–१ मा जसपा नेपालका साह विजयी

काठमाडौँ, १७ मङ्सिरः सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ को अध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका धिरेन्द्रकुमार साह विजयी भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा साहले छ सय ५२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भुलियादेवी थरुनीले पाँच सय ८७ मत प्राप्त गरे ।

कपिलवस्तुको शुद्धोधन–६ मा एमालेका मुसलमान विजयी

कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं ६ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मोहमद ताहिर मुसलमान विजयी भएका छन् । उनले एक हजार एक सय ५० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेशकुमार यादवले एक हजार ७६ मत प्राप्त गरे ।

हेटौंडा–१२ मा कांग्रेसका तिवारी बिजयी

मनहरी (मकवानपुर), १७ मङ्सिरः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षमा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी विजयी भएका छन् । उपनिर्वाचनमा तिवारीले दुई हजार ६३ मत प्राप्त गर्दै विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईले जानकारी दिए । तिवारीका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का रबिकुमार प्रधानले एक हजार पाँच सय ६० मत प्राप्त गरे ।

कञ्चनपुरको भीमदत्त–६ मा कांग्रेसका चन्द विजयी

काठमाडौँ, १७ मङ्सिरः कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी भएका छन् । उनले एक हजार एक सय सात मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । चन्दका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बहादुर चन्दले चार सय ८७ मत प्राप्त गरे ।

नुवाकोटको ककनी–२ मा माओवादी केन्द्रका घिमिरे बिजयी

नुवाकोटको ककनी गाँउपालिका वडा नं २ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कृष्ण घिमिरे (मिलन) निर्वाचित भएका छन् । घिमिरेले एक हजार ८५ मत प्राप्त गर्दै बिजयी भएको मुख्य निर्वाचन अधिकृत शुभाषबाबु पुरीले जानकारी दिए । उनका अनुसार घिमिरेका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्य जिम्बा तामाङले पाँच सय ८७ मत प्राप्त गरे ।

तेह्रथुपको लालिगुँरास–८ मा कांग्रेसका लिम्बु विजयी

तेह्रथुमको नगरपालिका वडा नं ८ को अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्र लिम्बु निर्वाचित भएका छन् । उनले चार सय ४० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत भीम निरौलाले जानकारी दिए । लिम्बुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बुद्धबहादुर लिम्बुले तीन सय ६० मत प्राप्त गरे ।

सुनसरीको गढी–६ मा कांग्रेसका साहु विजयी

सुनसरीको गढी गाउँपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका तेतर साहु निर्वाचित भएका छन् । उपनिर्वाचनमा उनले आठ सय १६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । साहुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कुशेश्वर खेरवारले सात सय ९४ मत प्राप्त गरे ।

धनुषाधाम–१ मा माओवादी केन्द्रका कापर विजयी

धनुषा, १७ मङ्सिरः धनुषाधाम नगरपालिका वडा नं १ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सुनिल कापर केवट निर्वाचित भएक छन् । उपनिर्वाचनमा केवटले छ सय ८४ मत प्राप्त गरी विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार नेपाली कांग्रेसका अशोककुमार मण्डलले छ सय दुई मत प्राप्त गरे ।

स्वामीकार्तिकमा एमालेकी भण्डारी विजयी

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिक उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सुलोचनाकुमारी भण्डारी विजयी भएकी छिन् । उपनिर्वाचनमा भण्डारीले एक हजार सात सय ४० मत प्राप्त गरी विजयी भएकी मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिए । भण्डारीकि निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तिसरा शाहीले एक हजार चार सय ७४ प्राप्त गरिन् । कूल सात हजार चार सय ६० मतदातामध्ये तीन हजार नौ सय तीन मत खसेको थियो ।

निर्वाचित भण्डारी विसं २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसकी मैनादेवी जोशीसँग पराजित भएकी थिइन् । गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष जोशीको विसं २०८० माघ ४ गते निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

रोल्पाको रुन्टीगढी–४ मा कांग्रेसका मगर निर्वाचित

रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४ को अध्यक्षमा नेपाली कांग्रेसका भुपमणि पुन मगर निर्वाचित भएक छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा उनले छ सय ४३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । मगरका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वेगम पुनले पाँच सय ३५ मत प्राप्त गरे ।

बर्दियाको ठाकुरबाबा–४ मा कांग्रेसका थारु विजयी

बर्दियाको नगरपालिका वडा नं ४ को अध्यक्षमा नेपाली कांग्रेसका अमिन थारु निर्वाचित भएका छन् । उनले एक हजार ४३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । थारुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सेरबहादुर थारुले छ सय ७८ मत प्राप्त गरे ।

सप्तरीको डाक्नेश्वरी–४ मा जसपाका यादव विजयी

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ४ को अध्यक्षमा जनता समाजवादी पार्टी नेपालका देवेन्द्रप्रसाद यादव विजयी भएका छन् । यादवले तीन सय ७२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । यादवका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जोगिन्द्र राय अमातले दुई सय ७७ मत प्राप्त गरे ।

रौतहटको राजपुर–६ मा कांग्रेसका आलम विजयी

रौतहटको राजपुर नगरपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका समसे आलम विजयी भएको निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचनमा कांग्रेसका आलमले सात सय ४४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जिकरुलाहले चार सय ६३ मत प्राप्त गरे ।

दुल्लू नगरपालिका–१३ मा एमालेका शाही विजयी

दैलेखको दुल्लू नगरपालिका–१३ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लालबहादुर शाही विजयी भएका छन् । उनले पाँच सय ७४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत वीरेन्द्रबहादुर मल्लले जानकारी दिए । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रेशमबहादुर शाही पाँच सय ७१ मत प्राप्त गरेका छन् ।

गुल्मीको मुसिकोट–१ मा कांग्रेसका श्रेष्ठ विजयी

गुल्मीको मुसिकोट नगरपालिका–१ को वडा अध्यक्षमा नेपाली कांग्रेसका आनन्द श्रेष्ठ विजयी भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा श्रेष्ठले एक हजार एक सय ८४ मत प्राप्त गर्दै उनी विजयी भएको मुख्य निर्वाचन अधिकृत युवराज गौतमले जानकारी दिए । उनका अनुसार श्रेष्ठका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का दलबहादुर थापाले नौ सय ३० मत प्राप्त गरे ।

ताप्लेजुङको सिरिजङ्घा–३ एमालेका सावादेन निर्वाचित

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कुमारी सावादेन निर्वाचित भएका छन् । उनले तीन सय ५३ मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले जानकारी दिए । सावादेनका निकटम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अम्वी सावादेनले दुई सय ५१ मत प्राप्त गरे ।

झापा कन्काई–६ मा स्वतन्त्र उम्मेदवार ओली विजयी

झापाको कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएक छन् । उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार ओलीको चार सय ९३ मत प्राप्त गरी विजयी भएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए । उनका अनुसार नेकपा (एमाले) का तुलाराम बस्नेतले तीन सय ५६ मत, नेपाली कांग्रेसका रामगोपाल ओलीले तीन सय १७ मत, नेकपा (माओवादी केन्द्र) का गणेशबहादुर थापाले दुई सय ७७ मत प्राप्त गरे ।

गोरखा–५ मा माओवादी केन्द्रका रानामगर विजयी

गोरखा नगरपालिका–५ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का विष्णुबहादुर रानामगर विजयी भएका छन् । रानामगरले चार सय ८६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भाइकाजी आलेले चार सय दुई मत प्राप्त गरेको मुख्य निर्वाचित अधिकृत शिवबहादुर रानभाटले जानकारी दिए ।

रौतहटको ईशनाथ–७ मा कांग्रेसका खलिक विजयी

रौतहटको इशनाथ नगरपालिका वडा नं ७ को अध्यक्षमा नेपाली कांग्रेसका शेख अब्दुल खलिक विजयी भएको निर्वाचन आयोगले जनाएको छ । कांग्रेसका खलिकले छ सय २७ मत प्राप्त गर्नुभयो भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का शेख अनवारले पाँच सय ७५ मत प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.