काठमाडौं १६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

  २०८१ मंसिर १७ गते ७:४८     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिका वडानम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी भएकी छन् । स्थानीय तहमा यो रास्वपाको पहिलो जीत हो ।

रास्वपाकी श्रेष्ठले २ हजार ९०२ मत ल्याएर निर्वाचित हुँदा एमालेका लक्ष्मीरत्न तुलाधरले २ हजार २२० मत पाएर दोस्रो भएका छन् । कांग्रेसका देवेन्द्र पाठकले २ हजार २१४ मत पाएर तेस्रो भए ।

यस्तै एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १ हजार ९२ मत पाउँदा राप्रपाका श्यामकृष्ण श्रेष्ठले ७४२ मत पाए भने स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ४९८ र अर्का स्वतन्त्र सम शाक्यले ३३४ मत पाएका छन् ।

यो वडामा यसअघि कांग्रेस विजयी भएको थियो । कांग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.