२०८१ मंसिर १७ गते ८:१३ विकासन्युज
काठमाडौं । सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको हो ।
बैंकका अनुसार संस्थापक सेयरधनी लेखा राज्यलक्ष्मी खाँडले आफ्नो नाममा रहेको सेयर बिक्री गरेर बैंकबाट बाहिरिन लागेकी हुन् । उनले आफ्नो स्वामित्वमा रहेको ८० हजार कित्ता सेयर बिक्रीमा राखेकी हुन् ।
सो सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने छन् । यदि ३५ दिनभित्र उक्त सेयर खरिदका लागि संस्थापकले आवेदन नदिएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.