२०८१ मंसिर १७ गते ८:५२ विकासन्युज
काठमाडौं । नेशनल बैंकिङ्ग इन्स्टिच्युट लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लाभांश पारित गर्न कम्पनीले पुस ८ गते बिहान साढे ११ बजे काठमाडौंमा १६औँ वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको सभाले कम्पनीको चुक्ता पुँजी ३० करोड रुपैयाँ कायम गर्ने, सञ्चालक समिति सदस्यको संख्या ५ बाट ७ पुर्याउनेछ ।
यस्तै, सञ्चालक समितिबाट नियुक्त भएका नेपाल राष्ट्र बैंकका नेफिल मातङ्गि मास्के र ग्लोबल आइएमई बैंकका बिल डागालाई सञ्चालकमा अनुमोदन गर्नेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.