सैंजु एनसीएचएलको डेप्युटी सीईओमा नियुक्त

  २०८१ मंसिर १७ गते ९:३५     विकासन्युज

काठमाडौं । नीरज मान सैंजु नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)को डेप्युटी सीईओमा नियुक्त भएका छन् । उनले आइतबारदेखि कार्यभार सम्हालेका हुन् ।

सैंजुसँग रेमिट्यान्स कम्पनी, विभिन्न वाणिज्य बैंकहरु लगायतमा आबद्ध रही १५ वर्ष भन्दा लामो कार्य अनुभव रहेको छ । उनले एमबीएस तथा एमबीए गरी डबल मास्टर्सको डिग्री हासिल गरेका छन् ।

उनको अनुभव तथा कुशलताले एनसीएचएललाई नयाँ उचाइमा लान महत्त्वपूर्ण योगदान पुग्ने कम्पनीले विश्वस्त जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.