२०८१ मंसिर १७ गते १२:०९ विकासन्युज
काठमाडौं । सिद्धार्थ केबलकार लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले १ः१२५ अनुपात (अर्थात् १ कित्ता सेयरबराबर नयाँ १.१२५ कित्ता) हकप्रद सेयर निष्कासन गर्दै छ ।
पुस ४ गतेदेखि मंसिर १५ गतेसम्म कायम साविकका संस्थापक सेयरधनीहरूका लागि कम्पनीले १०० रुपियाँ अंकित मूल्यका दरले ६७ लाख ५० हजार कित्ता हकप्रद जारी गर्न लागेको हो ।
हकप्रद सेयरमा माघ ७ गतेसम्म आवेदन दिन सकिनेछ । यसका लागि बुटवलस्थित कम्पनीको कार्यालयमा आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.