२०८१ मंसिर १७ गते १५:४० विकासन्युज
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । सोमबार सेयर बजार १९.९७ अंकले बढेर २७५८.०४ बिन्दुमा पुगेको छ ।
आज १२७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११२ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै, ६ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन ।
यस्तै, ३१४ वटा कम्पनीको २ करोड ३० लाख कित्ता सेयर किनबेच हुँदा १० अर्ब ५४ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
सोमबार सबैभन्दा धेरै नेपाल फाइनान्सको कारोबार भएको छ । नेपाल फाइनान्सले ५९ करोड ४७ रुपैयाँ बढीको कारोबार गरेको छ । साथै, न्याग्दी ग्रुप पावरले ४८ करोड ८९ लाख, जानकी फाइनान्स कम्पनीले २७ करोड ५१ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकले २४ करोड २४ लाख र एक्सल डेभलपमेन्ट बैंकले २१ करोड ७१ रुपैयाँ बढीको कारोबार गरेको छ ।
आज ४ वटा उपसमूह राताम्ये रहेका छन् भने ९ वटा उपसमूह हरिया रहेका छन् । होटल तथा पर्यटन ४.९९, हाइड्रोपावर ०.६२, लगानी ०.६०, लाइफ इन्स्योरेन्स १.९१, उत्पादन तथा प्रशोधन ०.१५, माइक्रोफाइनान्स ०.१५, म्युचल फन्ड ०.४१, ननलाइफ इन्स्योरेन्स ०.२० र व्यापार समूह ९.७० प्रतिशतले बढेको छ ।
साथै, बढेको सेयर बजारमा ३ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । तारागाँउ रिजेन्सी होटल, विशाल बजार कम्पनी र खानीखोला हाइड्रोपावरमा सकारात्मक सर्किट लागेको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.