सिवाईसी लघुवित्तबाट एकैपटक १३ भन्दा बढी संस्थापक बाहिरिँदै, ८६४ रुपैयाँमा सेयर किन्ने मौका

  २०८१ मंसिर १८ गते ८:४२     विकासन्युज

काठमाडौं । सिवाईसी लघुवित्त वित्तीय संस्थाबाट एकैपटक १३ जना भन्दा बढी संस्थापक सेयरधनी बाहिरिने भएका छन् । लघुवित्त संस्थामा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर १३ संस्थापक सेयरधनी बाहिरिने भएका हुन् ।

डोलराज खत्रीको ४ हजार ३३१ कित्ता, फुल कुमारी के.सीको ५ हजार ४ सय कित्ता, राजकुमारी लम्सालको ४ हजार ९५४ कित्ता, होमकान्त कोइरालाको ३ हजार ११३ कित्ता, केयरसिंह के.सीको १४ हजार ७५९ कित्ता, विष्णु कुमारी के.सीको ५ हजा ३ सय कित्ता सेयर बिक्रीमा राखिएको हो ।

यस्तै, चन्द्र बहादुर बस्नेतको २ हजार १६५ कित्ता, खड्ग बहादुर खत्रीको २ हजार ३०१ कित्ता, बुद्धि प्रसाद शर्मा रेग्मीको १९ हजार ९१९ कित्ता, केदार काफ्लेको ५ हजार ४१४ कित्ता, शिव पंगेनीको १० हजार ८२८ कित्ता, डोलराज ढुंगानाको ५ हजार ९५५ कित्ता, सहनशिला रावल भण्डारीको ३ हजार ७४४ कित्ता सेयर बिक्रीमा राखिएको लघुवित्तले जनाएको छ ।

लघुवित्तले उक्त सेयरको मूल्य प्रतिकित्ता ८६४ रुपैयाँ तोकेको छ । उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।

सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले ३५ आवेदन अर्थात् पुस २१ गतेसम्म दिनुपर्नेछ । लघुवित्तको सेयर बिक्री प्रबन्धकको कार्य भने आरविवि मर्चेन्ट बैंकिङ्गले गर्नेछ ।

साथै, सोही लघुवित्तले संस्थापक समूहको १८ हजार ३६० कित्ता सेयर बिक्रीमा राखेको छ । लघुवित्तको सेयरमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.