नेपाल एसबिआई मर्चेण्ट बैकिङको अध्यक्षमा विकास आनन्द नियुक्त

  २०८१ मंसिर १८ गते ९:२५     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडको सञ्चालकमा विकास आनन्द नियुक्त भएका छन् ।

कम्पनीको सञ्चालक समितिको मंसिर १७ गते बसेको ६६ औँ बैठकले विकास आनन्दलाई नेपाल एसबिआई बैंक लिमिटेडको तर्फबाट सञ्चालकको रुपमा नियुक्ति/मनोनित गरी पठाए बमोजिम सञ्चालकको रुपमा नियुक्त गरेको हो ।

सोही बैठकले विकास आनन्दलाई सञ्चालक समितिको अध्यक्षपदमा सर्वसम्मतिबाट चयन गरेको छ ।

विकास आनन्द नेपाल एसबिआई बैंक लिमिटेडको प्रमुख सञ्चालन अधिकृतको पदमा कार्यरत रही नेपाल एसबिआई बैंक लिमिटेडको केन्द्रीय सञ्चालन, मानव संशाधन, कर्जा प्रशासन, सामान्य सेवा तथा कानूनलगायतका मामिला हेर्छन् ।

विकास आनन्द सञ्चालको रुपमा नियुक्त भएपश्चात विकास आनन्दले प्रचलित कम्पनी ऐन बमोजिम गोप्यता तथा इमान्दारिताको शपथ ग्रहण गरेका छन् । उक्त शपथ ग्रहण कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडको सञ्चालकहरु राजेश कुमार पांडा, छपि राजपन्त,स्वतन्त्र सञ्चालक नन्दन हरी शर्मा, प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल तथा कम्पनीको कम्पनी सचिव खगेश्वर भट्ट लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.