२०८१ मंसिर १८ गते ११:४३ विकासन्युज
काठमाडौं । नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार दुई देशबीच पारस्परिक सहयोग अभिवृद्धि तथा विभिन्न विकास परियोजनामा आज हस्ताक्षर भएको हो ।
यस्ता छन् नेपाल-चीनबीच भएका सहमति र समझदारी
-टोखा-छहरे सुरुङमार्ग निर्माणसम्बन्धी पत्रको आदानप्रदान
-नेपाल-चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र आदानप्रदान
-९ तले बसन्तपुर दरबार निर्माण सम्पन्नको प्रमाणपत्र आदानप्रदान
-भैंसीको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर
-विकास योजनासम्बन्धी समझदारीपत्र
-आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्र
-नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान
-स्वंयसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारीपत्र
-नेपाल टेलेभिजन र चाइना मिडिया ग्रुप (सीएमजी)बीच सञ्चार प्रविधिबारे समझदारीपत्र
Copyright © 2024 Bikash Media Pvt. Ltd.