ग्लोबल आइएमई बैंकबाट दुई ठूला सेयरधनी बाहिरिए, गौरी श्रेष्ठ भित्रिइन्

  २०८१ मंसिर १८ गते १२:१५     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकबाट दुई ठूला सेयरधनी बाहिरिएका छन् । बैंकका संस्थापक सेयरधनी रहेका मङ्गल कलश इन्भेष्टमेन्ट प्रालि र डम्बरबहादुर मल्लले गत वर्ष आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिएका हुन् ।

आर्थिक वर्ष २०७९/८० मा मङ्गल कलश इन्भेष्टमेन्टको १.२४ प्रतिशत अर्थात् ४४ लाख ३० हजार ५४ कित्ता र डम्बरबहादुर मल्लको ०.६३ प्रतिशत अर्थात् २२ लाख ४७ हजार १९७ कित्ता सेयर स्वामित्व थियो । तर, गत आव २०८०/८१ को तथ्याङ्कमा भने यी सेयरधनीको नाम छैन ।

यस्तै, बैंकमा नयाँ संस्थापक सेयरधनीको सूचीमा गौरी श्रेष्ठ थपिएकी छन् । उनले गत वर्ष बैंकको ०.५७ प्रतिशत अर्थात् २० लाख ५८ हजार ९३२ कित्ता सेयर खरिद गरेर ठूला लगानीकर्ताको सूचीमा थपिएकी हुन् ।

गत असोजसम्म ग्लोबल आइएमई बैंकमा १९ जना सेयरधनीहरूको सबैभन्दा बढी सेयर स्वामित्व रहेको छ । बैंकमा सबैभन्दा धेरै सेयर स्वामित्व कर्मचारी सञ्चय कोषको छ । कर्मचारी सञ्चय कोषको ४.७४ प्रतिशत अर्थात् १ करोड ७१ लाख ४१ हजार २५१ कित्ता सेयर स्वामित्व छ ।

यस्तै, आइएमई होल्डिङ्ग्स प्रालिको २.७८ प्रतिशत अर्थात् १ करोड ३८ हजार २२७ कित्ता र आइएमई इन्भेष्टमेन्ट प्रालिको २.५१ प्रतिशत अर्थात् ९० लाख ५६ हजार ७५ कित्ता सेयर स्वामित्व रहेको बैंकले जनाएको छ ।

अघिल्ले वर्ष पाँचौं नम्बरमा रहेका सुमितकुमार अग्रवाल गत वर्ष भने चौंथो ठूलो सेयरधनी बनेका छन् । अग्रवालको बैंकमा १.८२ प्रतिशत अर्थात् ६५ लाख ८१ हजार ४८८ कित्ता सेयर स्वामित्व रहेको छ । अघिल्लो अग्रवालको १.४० प्रतिशत अर्थात् ५० लाख ३ हजार ७८५ कित्ता सेयर थियो ।

तर, अघिल्लो वर्ष चौथो ठूला सेयरधनी रहेका विष्णुप्रसाद न्यौपाने गत वर्ष भने पाँचौं नम्बरमा झरेका छन् । गत वर्ष न्यौपानेको १.४१ प्रतिशत अर्थात् ५० लाख ८३ हजार ९०६ कित्ता सेयर स्वामित्व छ ।

यस्तै, बैंकमा कन्टिनेण्टल इन्भेष्टमेन्ट प्रालिको १.१५ प्रतिशत अर्थात् ४१ लाख ६३ हजार ५३४ कित्ता सेयर स्वामित्व छ । तर, गत वर्ष बैंकमा उत्तमकुमार नेपालको स्वामित्व भने घटेर ०.९३ प्रतिशत अर्थात् ३३ लाख ६२ हजार ९७४ कित्तामा झरेको छ । अघिल्लो वर्ष नेपालको ०.९५ प्रतिशत अर्थात् ३३ लाख ९१ हजार ८५१ कित्ता सेयर स्वामित्व थियो ।

यस्तै, नागरिक लगानी कोषको ०.९२ प्रतिशत अर्थात् ३३ लाख १८ हजार ६४८ कित्ता, रणबहादुर शाहको ०.७८ प्रतिशत अर्थात् २८ लाख ३२ हजार १८७ कित्ता, निमिषा इन्भेष्टमेन्ट प्रालिको ०.७४ प्रतिशत अर्थात् २६ लाख ८२ हजार ३२१ कित्ता, होमल्यान्ड डेभलपर्सको ०.७३ प्रतिशत अर्थात् २६ लाख २७ हजार ८३९ कित्ता सेयर स्वामित्व छ ।

यस्तै, हेमराज ढकालको ०.६७ प्रतिशत अर्थात् २४ लाख २६ हजार ३४७ कित्ता, क्याबिनेट श्रेष्ठको ०.६४ प्रतिशत अर्थात् २२ लाख ९५ हजार ५६९ कित्ता, कामधेनु इन्भेष्टमेन्टको ०.६२ प्रतिशत अर्थात् २२ लाख ४१ हजार ९५८ कित्ता, रिता मल्लको ०.५६ प्रतिशत अर्थात् २० लाख १७ हजार ८१७ कित्ता सेयर स्वामित्व रहेको बैंकले जनाएको छ ।

यस्तै, शारदा देवीको ०.५३ प्रतिशत अर्थात् १८ लाख ९७ हजार ६८१ कित्ता र सन्दीप अग्रवालको ०.५२ प्रतिशत अर्थात् १८ लाख ७१ हजार ७६८ कित्ता सेयर स्वामित्व रहेको बैंकले जनाएको छ ।

गत असारसम्म बैंकमा सर्वसाधारणको ४८.७६ प्रतिशत, अन्य संस्थाहरूको १४.८७ प्रतिशत, अन्यको ३६.३० प्रतिशत र नेपाल सरकारको ०.०८ प्रतिशत बराबरको स्वामित्व छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.