अमेरिकाले युक्रेनलाई ७२ करोड ५० लाख डलर सहयोग गर्ने

  २०८१ मंसिर १८ गते १४:५६     विकासन्युज

काठमाडौं । संयुक्त राज्य अमेरिकाले २०२२ फेब्रुअरी–२४ देखि युक्रेन विरुद्ध चलिरहेको सैन्य अपरेशनको लागि ठूलो मात्रामा मिसाइल सहित ७२ करोड ५० लाख मिलियन डलरको अतिरिक्त सैन्य सहायता प्याकेज घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले एक विज्ञप्ति मार्फत राष्ट्रपति जो बाडेनले रक्षा विभाग (पेन्टागन) लाई किभलाई आफ्नो क्षेत्रिय, स्वतन्त्रता र स्वाधिनताको तत्काल रक्षा गर्न आवश्यक उपकरणहरू उपलब्ध गराउन निर्देशन दिएका छन् ।

सुलिभानले आफ्नो कार्यकाल समाप्त हुनु अघि युक्रेनलाई सयौं, हजारौं तोप र थप मिसाइल लगायत महत्वपूर्ण क्षमताहरू प्रदान गर्ने बाइडेन प्रशासनको अभिप्रायलाई पुष्टि गरेका छन् । पछिल्लो समयममा अमेरिकालाई युक्रेनको मुख्य सैन्य समर्थक मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.