२०८१ मंसिर १८ गते १५:२६ विकासन्युज
काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १७.८० अंकले बढेर २७७५.८५ बिन्दुमा पुगेको छ ।
मंगलबार सेयर बजारमा १४२ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै, ५ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन ।
यस्तै, ३०७ कम्पनीको १ करोड ८१ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार गर्ने न्याग्दी ग्रुप पावर लिमिटेड रहेको छ ।
मंगलबार न्याग्दी ग्रुप पावरको २६ करोड ७४ लाख रुपैयाँ बढीको करोबार गरेको छ । साथै, जानकी फाइनान्स लिमिटेडको २६ करोड ५१ लाख, बेस्ट फाइनान्स कम्पनीको २४ करोड ६ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकको २३ करोड ८७ लाख, एनआईसी एसिया बैंकको १७ करोड २५ लाख रुपैयाँ बढीको करोबार भएको छ ।
यस्तै, दिव्यश्वरी हाइड्रोपावरको लिमिटेड र इगंवा हाइड्रोपावरमा सकारात्मक सर्किट लागेको छ ।
आजको कारोबारमा उपसमूहतर्फ ट्रेडिङ ५.९६ प्रतिशतले बढेको भने फाइनान्स, जलविद्युत्, जीवन बीमा, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ र म्यूचुअल फण्डमा पनि हरियाली देखिएको छ । साथै बाँकी उपसमूहमा रातो देखिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.