२०८१ मंसिर १८ गते १५:४२ विकासन्युज
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी गरेको आरोपमा चारजना भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भारतीय चार जनालाई पक्राउ गरेको हो ।
आईपीएल प्रतियोगितामा स्पोर्टस् बाजी र प्रोबो लगायतका अनलाइन बेटिङ एप्सबाट पैसाको हारजित हुनेगरी क्रिकेट मैदान भित्रैबाट सट्टेबाजी खेल्ने, खेलाउने कार्यमा संलग्न चार जनालई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ हुनेमा भारत कोलकत्ताका सुमन धोष, उत्तर प्रदेशका अमित यादव, बिहारका सुमन्त कुमार र ब्रजेश कुमार रहेको सीआईबीले जानकारी दिएको छ ।
उनीहरूमाथि सट्टाबाजी गर्नु नहुने कसुरमा थप अनुसन्धान कार्य भइरहेको सीआईबीले बताएको छ ।
बेटिङ सञ्चालन गर्ने कुनै व्यक्ति वा समूहको बारेको कुनै माध्यमबाट सूचना वा जानकारी पाएमा नजिकको प्रहरी कार्यालय वा यस नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोमा जानकारी गराउनसमेत सीआईबीले आग्रह गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.