हवाइ भाडा बढ्यो, कुन गन्तव्यको कति ? (मूल्यसूचि)

  २०८१ मंसिर १८ गते २१:०६     विकासन्युज

काठमाडौं । आन्तरिक तर्फको हवाई भाडा बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बुधबारदेखि लागू हुनेगरि हवाई भाडा बढाएको हो ।

क्यानका अनुसार काठमाडौं–धनगढीको भाडा ९० रुपैयाँले बढेको छ । पोखरा-भद्रपुरको भाडा ८० रुपैयाँले बढेको छ भने विराटनगर-भैरहवा ८० रुपैयाँ, काठमाडौं–सिमराको भाडा १५ रुपैयाँ, काठमाडौं-विराटनगर ५० रुपैयाँ, काठमाडौं-पोखरा ३० र काठमाडौं-भैरहवा ४० रुपैयाँले बढेको हो ।

हवाइ इन्धनको मूल्यमा प्रतिलिटर २ रूपैयाँ बढाएसँगै आन्तरिक हवाई भाडा वृद्धि भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.