२०८१ मंसिर १९ गते ७:५६ विकासन्युज
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि अस्पताल भर्ना भएका हुन् ।
उनको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना भएर उपचार भइरहेको छ ।
उक्त अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज बिहान उपचारार्थ भर्ना गरिएको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.