नेपाल वेयर हाउजिङ्गले घटायो नोक्सानी, यस्तो छ व्यवसाय वृद्धि गर्ने आगामी योजना

  २०८१ मंसिर १९ गते ८:४८     विकासन्युज

काठमाडौं । नेपाल वेयर हाउजिङ्ग कम्पनीले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो त्रैमासमा २ करोड २४ लाख रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत वर्षको असोजमा कम्पनीले २ करोड ९९ लाख रुपैयाँ खुख नोक्सानी बेहोरेको थियो । गत वर्षको तुलनामा कम्पनीले आफ्नो नोक्सानी घटाएको देखिन्छ ।

असोजसम्म कम्पनीले ९३ लाख १६ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९० लाख २४ हजार रुपैयाँ यस्तो आम्दानी गरेको थियो ।

यस अवधिमा कम्पनीले प्रत्यक्ष सञ्चालन खर्च ३४ लाख १५ हजार रुपैयाँ, अन्य खर्च १५ लाख ४ हजार रुपैयाँ र वित्तीय लागत १ करोड ५५ लाख रुपैयाँ गरेको छ । गत वर्षको असोजमा कम्पनीले प्रत्यक्ष सञ्चालन खर्च २ लाख ५७ हजार रुपैयाा, अन्य खर्च १ करोड ३१ लाख रुपैयाँ र वित्तीय लागत ७१ लख ४९ हजार रुपैयाँ थियो ।

६८ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रमोटर एडभान्स ८ करोड ६६ लाख रुपैयाँ र अन्य इक्विटी १६ करोड ३० लाख रुपैयाँ ऋणात्मक छ ।

कम्पनीले निर्माण गरेका सुनसरी इकाईको १५ हजार मेट्रिक टन बराबरको ३ वटै साइलो र पर्सा इकाईको २५ हजार मेट्रिक टन बराबरको ४ वटा साइलोमा भण्डारण कार्यको सुरुवात भएको छ । कपिलवस्तुको १५ हजार मेट्रिक टनका ३ वटा साइलो निर्माण सम्पन्न हुने क्रममा रहेका छन् । आगामी सिजनमा भण्डारण सुरुवात गर्ने तयारी कम्पनीको छ । यी साइलोको निर्माण पश्चात कम्पनीको आय सोही हिसाबले वृद्धि हुने कम्पनीको भनाइ छ ।

कम्पनीले अनाजको बोल कबोल गर्न नीतिगत कानूनको नेपाल सरकारबाट जारी हुने अपेक्षा गरेको छ । सोको लागि यसमा कम्पनीले उपयुक्त पूर्वाधार निर्माण गरेको छ । कम्पनीले इच्छुक ग्राहकहरुलाई अनाज खरिदमा मध्यस्तता गरि कमिसन आर्जन गर्ने गरी समेत कामको स्सुरुवत गरेको छ ।

अन्नको धितोको सुरक्षणमा ऋण पर्दान गर्ने कार्यको लागि कम्पनीले विभिन्न बैंकहरूसँग सम्झौता गरेको छ । एभरेस्ट बैंक, लक्ष्मी सनराईज बैंक लगायतका बैंकले वेयरहाउजिङ्ग फाईनानसिङ्गको प्रडक्ट बनाई सकेकोले यस सिजनमा बैंकहरुले लगानी गर्न सुरुवात गर्ने अपेक्षा कम्पनीको छ । यस कम्पनीलाई धितो सुरक्षणको लागि छुट्टै आम्दानी हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.