प्रभु महालक्ष्मी लाइफबाट एकैपटक ५ जना संस्थापक बाहिरिँदै

  २०८१ मंसिर १९ गते ९:०७     विकासन्युज

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका पाँच संस्थापक सेयरधनी बाहिरिने भएका छन् । कम्पनीका पाँच जना संस्थापक सेयरधनीहरूले करिब १ लाख कित्ता संस्थापक सेयर बिक्री गरेर बाहिरिने भएका हुन् ।

कम्पनीका अनुसार शशि रञ्जन कलवारको स्वामित्वमा रहेको ४५ हजार कित्ता, भिम बहादुर गौचनको १० हजार कित्ता, मोहनराज जोशीको २० हजार कित्ता, मोक्ष राज्यलक्ष्मी देवि प्रधानको १८ हजार कित्ता र गणेश कुमार घिमिरेको ५ हजार ४९० कित्ता गरी कुल ९८ हजार ४९० कित्ता सेयर बिक्रीमा राखेका हुन् ।

कम्पनीको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउनेछन् । यदि संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र उक्त सेयर खरिद नगरेमा सर्वसाधारणलाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.