सिभिल मलमा एससिटी-युपीआई कार्डधारकका लागि निःशुल्क पार्किङ सुविधा

  २०८१ मंसिर १९ गते ९:२१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र काठमाडौंको सुन्धारास्थित सिभिल मलबीच एससिटी–युपीआई कार्डधाराकहरूका लागि निःशुल्क पार्किङ सेवा सुरु भएको छ ।

यस सेवा अन्तर्गत एससिटी युपीआई कार्डधाराकहरूले आफ्नो कार्ड देखाएर सिभिल मल, सुन्धाराको अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा चार घण्टासम्म निःशुल्क पार्किङ सुविधा लिन सक्नेछन् । मंसिर १६ देखि सुरु भएको यो सेवा हाललाई ६ महिनासम्म लागू हुनेछ ।

एससिटी–युपीआई डेबिट कार्ड लिन इच्छुक ग्राहकहरूले एससिटीको कुनै पनि सदस्य बैंक तथा वित्तीय संस्थामा गएर सजिलै कार्डका लागि अनुरोध गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.