नेपाल एसबीआई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

  २०८१ मंसिर १९ गते १०:३३     विकासन्युज

काठमाडौं । नेपाल एसबीआई बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको मंसिर १८ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १० अर्ब ५० करोड १ लाख ५२ हजार २८२ रुपैयाँको कुल १०.६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमा ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन् ।

बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.