२०८१ मंसिर १९ गते ११:०२ विकासन्युज
काठमाडौं । श्री इन्भेष्टेमन्ट एण्ड फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । मंसिर १८ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
फाइनान्सले हाल कायम चुक्ता पूँजीको १.९६४१ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । सोमध्ये १.८६५९ प्रतिशत बोनस सेयर रहेको छ भने ०.०९८२ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाल पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.