२०८१ मंसिर १९ गते १२:५१ विकासन्युज
वीरगञ्ज । नेपालमा डोंगफेंग ईभीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धिले मधेस प्रदेशको वीरगञ्जमा आफ्नो प्रिमियम र स्मार्ट ईभी नामी सार्वजनिक गरेको छ ।
मंगलबार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमएडब्लू वृद्धि मोटर्सका प्रबन्धनिर्देशक विवेक सिकरिया, राज्यसभा भारतको पूर्वमुख्यमन्त्री सबिर अली, नारायणी अटोकर्पका अदक्ष्य रवीबजाज र डोङफेङ वीरगन्ज नारायणी अटोकर्पका प्रबन्ध निर्देशक रजतबजाज, वृद्धि ग्रुपका प्रबन्ध निर्देशक ओम सिकारिया लगायतले संयुक्त रूपमा नामीको अनावरण गरेका थिए ।
आफ्नो सेग्मेन्टको सबैभन्दा लक्जरियस र इन्टेलिजेन्ट नामी इभीले मधेस प्रदेशको बजारमा नयाँ बेन्चमार्क स्थापित गर्न तयार भएको एमएडब्लू वृद्धि मोटर्सले जनाएको छ ।
ह्याचब्याकको रूपमा वर्गीकृत भएतापनि यो गाडी प्रतिस्पर्धीहरूको तुलनामा ठूलो आकारको छ । यसमा उत्कृष्ट प्रविधिहरू समावेश छन् ।
कार्यक्रममा एमएडब्लू वृद्धिमोटर्सका डिलर प्रमुख गोविन्द भुसालले नामी ईभीले देशव्यापी रूपमा ग्राहकहरूबाट प्रशंसा पाइरहेको कुरा बताए ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विद्युतीय गाडीको भविष्य नेपालमा उज्जवल रहेको बताए । पछिल्लो परिवेशमा वातावरणमैत्री सवारी साधनप्रतिको आकर्षण बढ्दै गएको स्वीकार गर्दै विद्युतीय सवारीसाधनको प्रयोगलाई बढावा दिनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रमपछि उनले नै ग्राहकहरूलाई नामी ईभीको साँचो हस्तान्तरण गरेका थिए ।
नामीः सेग्मेन्टमा-पहिलो सुविधाहरूले भरिपूर्ण
नामी ईभीमा वेलकम सिट, मेमोरी सिट, फ्रेमलेस डुअर, फ्लस डुअर ह्यान्डल, अटो पार्किङ र टेबलटपसहितको यात्रु ड्रएरजस्ता सेग्मेन्ट–फर्स्ट आविष्कारहरू समावेश छन् ।
यो तीन भेरियन्टहरू: नामी ई १, नामी ई २ र नामी ई ३ मा उपलब्ध छ ।
यसैगरी, नामी इभी सेतो, नीलो, हरियो र बैजनी एवम् सेतो र नीलो, सेतो र हरियो र सेतो र बैजनीजस्ता डुअल टोन रङहरूको विकल्पहरूको साथमा उपलब्ध छ ।
नामीले १२.८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, १७ इन्चको टायर, १२ अल्ट्रासोनिक रडारसहितको ३६० डिग्री क्यामेरा, एडाप्टिभ क्रुज कन्ट्रोल र स्वतःमधुरो हुने प्रणालीसहितको स्टार–लाइट क्रिस्टल एलईडी हेडल्याम्प्स जस्ता सुविधाहरू समेटेको छ ।
ग्राहकहरूलाई थप आकर्षित गर्न एमएडब्लू वृद्धिले मधेस प्रदेशको सबैभन्दा ठूलो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको आयोजना गरिरहेको छ । यही मंसिर १९ गते बुधबारदेखि २१ गतेसम्म ग्राहकहरूले विशेष अफरहरूसहित विद्युतीय सवारीसाधनहरूको अवलोकन गर्न सक्नेछन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.