२०८१ मंसिर १९ गते १४:४० विकासन्युज
काठमाडौं । लक्ष्मी सनराइज बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने वार्षिक अभियानको छैटौं संस्करण डिजिटल डिसेम्बर २०२४ अभियान सुरु गरेकाे छ ।
यस अभियानअन्तर्गत बैंकका ग्राहकलाई डिसेम्बर महिनाभरि डिजिटल बैंकिङ अपनाउनका लागि प्रोत्साहन गर्न विभिन्न अफरहरू प्रदान गर्नुका साथै विभिन्न स्थानमा वित्तीय साक्षरता बढाउन कार्यक्रमहरू पनि गरिने बैंकले जनाएको छ ।
ग्राहकहरूलाई डिजिटल रूपमा सशक्त बनाउन र उनीहरूको बैंकिङ अनुभव सरल बनाउनका निम्ति यस्ता योजनाहरू बैंकले अगाडि सारेकाे छ:
ग्राहकहरूलाई विशेष अफर
सरलीकृत कर दाखिला: डिसेम्बर महिनाभरि मोबाइल मनीमार्फत आफ्नो (स्थायी लेखा नम्बर) वा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गरी १०० रुपैयाँ वा सोभन्दा बढीको मोबाइल रिचार्ज गर्ने ग्राहकहरूले बैंकबाट थप १०० रुपैयाँको रिचार्ज प्राप्त गर्नेछन् ।
सहज बिजुली बिल भुक्तानी: मोबाइल मनी प्रयोगकर्ताहरूले सजिलै एउटा मिस-कलमार्फत आफ्नो बिजुलीको बिल तिर्न सक्नेछन् । मोबाइल मनी एपबाटै सो सेवामा आबद्ध भई डिसेम्बर महिनाभरि मिस-कलमार्फत बिल भुक्तानी गर्ने ग्राहकहरूले पनि १०० रुपैयाँ रिचार्ज प्राप्त गर्न सक्नेछन् ।
क्रेडिट कार्डमा विशेष अफर: ग्राहकहरूले डिसेम्बर महिनाभरि क्रेडिट कार्डको आवेदन दिई सो सेवा लिएमा जारी शुल्कका साथै ५ वर्षको वार्षिक शुल्कमा पनि छुट पाउनेछन् ।
लचिलो वित्तीय समाधान
आज किनौं, भोलि तिरौं: क्रेडिट कार्ड ग्राहकहरूले डिसेम्बर महिनाभरि आफ्नो क्रेडिट कार्ड प्रयोग गरी ३० हजार रुपैयाँभन्दा बढीको खरिद गरेमा बिनाशुल्क र बिनाब्याज उक्त भुक्तानीलाई सरल किस्ताबन्दीमा परिणत गर्न सकिनेछ ।
अन्तर-बोर्डर भुक्तानी सेवा: लक्ष्मी सनराइज बैंकका क्यूआर सेवाग्राही व्यवसायीहरूले विभिन्न भारतीय मोबाइल वालेटमार्फत डिसेम्बर महिनाभरि भुक्तानी लिँदा लक्की ड्रद्वारा विभिन्न पुरस्कारहरू जित्न सक्नेछन् ।
वित्तीय शिक्षा कार्यक्रम
यस अभियान मुख्य भागमा रहेको ‘डिजिटल संवाद’ अन्तर्गत बैंकले अन्य डिजिटल वित्तीय सेवाप्रदायकहरूसँगको सहकार्यमा देशका विभिन्न स्थानमा वित्तीय चेतनासम्बन्धी अन्तर्क्रियात्मक कार्यक्रमहरू आयोजना गर्नेछ । यी कार्यक्रमहरू वितीय साक्षरता, डिजिटल बैंकिङ सुरक्षा र नवीनतम डिजिटल बैंकिङ सुविधाहरूलगायत विषयहरूमा केन्द्रित हुनेछन् ।
यस्तै, चेतनामूलक पहलहरूसँग विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरूको माध्यमबाट यस अभियानले डिजिटल बैंकिङलाई सबैका लागि थप सुलभ, सुविधाजनक र सुरक्षित बनाउने लक्ष्य राखेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.