२०८१ मंसिर २० गते ११:४२ विकासन्युज
काठमाडौं । विश्वको सबैभन्दा पुरानो, सबैभन्दा ठूलो र लोकप्रिय क्रिप्टोकरेन्सी बिटकोइनको मूल्य एक लाख डलर नाघेको छ । बिटकोइन पहिलो पटक यो स्तरमा पुगेको हो ।
डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा विजयी भएपछि यसको मूल्य लगातार बढिरहेको छ । हाल बिटकोइनको मूल्य एक लाख २७७ डलर पुगेको छ ।
ट्रम्प सरकारले क्रिप्टो-अनुकूल नीतिहरू बनाउने लगानीकर्ताहरूको आशा छ । यही कारणले गर्दा क्रिप्टोकरेन्सीको मूल्य बढिरहेको हो ।
यो वर्ष बिटक्वाइनको मूल्य शतप्रतिशतले बढेको छ । ट्रम्पको चुनावी विजयपछि चार सातामा यसको मूल्य ४५ प्रतिशतले बढेको छ । योसँगै बिटकोइनको मार्केट क्याप पहिलो पटक २ ट्रिलियन डलर नाघेको छ ।
अमेरिकी धितोपत्र तथा विनिमय आयोगका अध्यक्ष ग्यारी जेन्सलरको राजीनामापछि क्रिप्टोकरेन्सीका लगानीकर्ताले राहत पाउने अपेक्षा गरिएको छ ।
धितोपत्र तथा विनिमय आयोगसेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसनको नेतृत्वका लागि पल एट्किन्सलाई मनोनयन गरेको घोषणा गरेका छन् । एट्किन्ससँग टोकन एलायन्सको सह-अध्यक्षको रूपमा क्रिप्टोकरेन्सी नीतिमा अनुभव छ ।
बिटकोइनको मूल्य कति पुग्ला ?
ट्रम्पले आफ्नो चुनावी अभियानमा डिजिटल एसेट्सलाई समर्थन गरी अमेरिकालाई क्रिप्टो राजधानीको रूपमा स्थापित गर्ने बताएका थिए । साथै उनले राष्ट्रिय बिटकोइन रिजर्भ सिर्जना गर्ने कुरा पनि गरेका थिए ।
हङकङमा आधारित एक स्वतन्त्र क्रिप्टोकरेन्सी विश्लेषक जस्टिन डी’एनेथनले बिटकोइनले एक लाख डलर पार गर्नु एउटा कोशेढुङ्गा मात्र नभएको बताए । उनका अनुसार यो वित्त, प्राविधिक र भूराजनीतिमा परिवर्तनको प्रमाण हो । केही समयअघि काल्पनिक भनी खारेज गरिएको आजको यथार्थ हो ।
यससँगै दुई वर्षअघि एफटीएक्स क्रिप्टो एक्सचेन्ज बन्द हुँदा क्रिप्टोकरेन्सी क्षेत्रले ठूलो संकटको सामना गरेको थियो । कम्पनीका संस्थापक साम बैंकम्यान फ्राइड जेल जानु परेको थियो । डिजिटल सम्पत्ति लगानी फर्म क्यानरी क्यापिटलका संस्थापक स्टीवन म्याकक्लर्गले डिसेम्बर २५ सम्म बिटक्वाइनको मूल्य १ लाख २० हजार डलर पुग्ने बताए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.