२०८१ मंसिर २० गते १५:४९ विकासन्युज
काठमाडौं । संस्कार एकेडेमीले ‘प्रोफेसनल वास्तु कन्सल्ट्याण्ट’ कोर्षको ३ दिनको विशेष प्राक्टिकल कार्यशाला आयोजना सम्पन्न गरेको छ । एकेडेमीले अनलाइन प्रविधिबाट ’प्रोफेसनल वास्तु कन्सल्ट्याण्ट’ कोर्ष अध्ययन गरेका करिब १५० जना विद्यार्थीहरूलाई दीक्षितसमेत गरेको छ ।
’घरलाई स्वर्ग बनाउने यात्रा’ मा अगाडि बढेको संस्कार एकेडेमीले नेपालमा आधुनिक र वैज्ञानिक रूपमा काम गर्न सक्ने ’प्रोफेसनल वास्तु कन्सल्ट्याण्ट’ तयार गर्दै आइरहेको छ । संस्कार एकेडेमी वास्तुबाहेक ज्योतिष, अंक ज्योतिष, हस्ताक्षर विश्लेषण, वैज्ञानिक लोगो तथा भिजिटिङ कार्ड डिजाइन, एनएलपी तथा हिप्नोसीसलगायत अन्य धेरै विधामा व्यावसायिक रूपमा काम गर्ने जनशक्ति उत्पादन गर्दै आइरहेको संस्था हो ।
आफ्ना विद्यार्थीहरूलाई अहिलेको समयअनुसार आधुनिक र वैज्ञानिक रूपमा वास्तुको काम गर्न सक्ने गरी योग्य बनाएर मात्रै बजारमा पठाउने गरेकोले अनलाइन अध्ययनपश्चात यस किसिमको प्राक्टिकल कार्यशाला राखी विद्यार्थीहरूलाई वास्तुको हरेक प्रकारको वैज्ञानिक र प्रभावकारी उपचार गर्न सक्षम बनाउने र वास्तुमा प्रयोग हुने प्रविधि र उपकरणहरूमा समेत दक्ष बनाउने उद्देश्यले संस्कार एकेडेमीले यस्तो कार्यक्रम गर्दै आइरहेको वरिष्ठ वास्तु गुरु आचार्य राजा बाबु शाहले बताए ।
डा. कुलबहादुर गुरुङले सहरीकरण गरेको कार्यक्रममा इञ्जिनियरहरू सुशील अमात्य, राजेन्द्र लिगल, श्रीराम श्रेष्ठ, सुशील श्रेष्ठ लगायतले वास्तुविद्लाई आवश्यक पर्ने इञ्जिनिएरिङको व्यावहारिक ज्ञान दिएका थिए । आचार्य राजा बाबु शाहबाट योगा, ध्यान, अंक ज्योतिष, स्वर विज्ञानको थप सेसनमा अतिरक्त ज्ञान पाएपछि सहभागीहरूले खुशी प्रकट गरे । कार्यक्रममा कोच आशा शाहले ’ग्राफोलोजी र सिग्नेचर एनालाइसिस’ को मास्टर क्लास दिएका थिए ।
वास्तु र ज्योतिषको क्षेत्रमा काम गरिरहेकाहरुको अलावा इञ्जिनिएर, अर्किटेक्ट, इन्टेरिएर डिजाइनर, अधिवत्ता, ब्याङ्कर लगायत अन्य विविध पेशा र व्यवसायका मानिसहरू कार्यक्रमबाट दीक्षित भई अब प्रोफेसनल वास्तु कन्सल्ट्याण्ट बनेका छन् । वास्तु धार्मिक विषय नभएर हरेक मानिसको घर र जीवन सग जोडिएको उर्जा विज्ञान भएकोले यसप्रति सबैको रुचि बढदैछ ।
काभ्रे, धुलिखेलस्थित सारथी होटेलमा मङ्सिर १३ गते देखि ३ दिनसम्म चलेको कार्यक्रममा देशै भरीबाट वास्तु पढिरहेका सहभागीहरू दीक्षित हुन् पुगेका थिए । नेपालमा वास्तु सम्बन्धि यतिको ठुलो कार्यक्रम यस भन्दा अघि सायदै भएको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.