स्ट्याण्डर्ड चार्टर्ड बैंकमा डेढ लाख नेपालीको लगानी, ११ सेयरधनीले होल्ड गरे ७ अर्ब

  २०८१ मंसिर २३ गते ११:४६     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकमा ११ सेयरधनीले ७ अर्ब बढीको सेयर होल्ड गरेका छन् । गत असारसम्म बैंकमा १ लाख ४० हजार ९८५ सेयरधनी रहेका छन् । जसमध्ये ११ सेयरधनीसँग ७ अर्ब २ करोड २५ लाख ४७ हजार ८ सय रुपैयाँको ७ करोड २ लाख २५ हजार ४७८ कित्ता सेयर रहेको छ ।

बैंकका अनुसार एक कित्तादेखि एक सय कित्ता सेयर धारण गरेका १ लाख १४ हजार २०५ सेयरधनी छन् । यस्तै, १०१ सेयरदेखि ५ सय कित्ता धारण गरेका १८ लाख १४० सेयरधनी, ५०१ देखि १ हजार कित्ता धारण गरेका ३ हजार ८६९ सेयरधनी, १ हजार १ देखि २ हजार ५ कित्ता धारण गरेका ३ हजार १६९ सेयरधनी रहेका छन् ।

यस्तै, २ हजार ५१ देखि ५ हजार कित्ता धारण गरेका १ हजार ११६ सेयरधनी, ५ हजार १ देखि १० हजार कित्ता धारण गरेका २८८ सेयरधनी, १० हजार १ देखि २५ हजार कित्ता धारण गरेका १४२ सेयरधनी, २५ हजार १ देखि ५० हजार कित्ता धारण गरेका ३१ सेयरधनी र ५० हजार १ देखि १ लाख कित्ता धारण गरेका १४ सेयरधनी रहेको बैंकले जनाएको छ ।

बैंकमा ५ जना नेपाली लगानीकर्तासहित ७ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको तथ्याङ्क छ । बैंकमा विदेशी लगानीकर्ता स्ट्यान्डर्ड चार्टर्ड ग्रिन्डलेज पीटीवाई लिमिटेड र स्ट्यान्डर्ड चार्टर्ड बैंक यूकेको कुल ७०.२१ प्रतिशत लगानी छ । जसमध्ये स्ट्याण्डर्ड चार्टर्ड ग्रिन्डलेजको ४६.८१ प्रतिशत अर्थात् ४ करोड ४१ लाख ३६ हजार ३३८.६९ कित्ता र स्ट्यान्डर्ड चार्टर्ड बैंक यूकेको २३.४० अर्थात् २ करोड २० लाख ६८ हजार १६९.३५ कित्ता सेयर स्वामित्व छ ।

बैंकमा ५ जना नेपाली व्यक्तिको पनि ०.५ प्रतिशत भन्दा बढी सेयर स्वामित्व छ । जसमध्ये शशि अग्रवालको ०.७० प्रतिशत अर्थात् ६ लाख ६० हजार ८३६ कित्ता, प्रियंका अग्रवालको ०.७० प्रतिशत अर्थात् ६ लाख ६० हजार ८३६, कोमल अग्रवालको ०.७० प्रतिशत अर्थात् ६ लाख ६० हजार ८३६ कित्ताक सेयर स्वामित्व छ ।

यस्तै, अभिनाश अग्रवालको ०.७० प्रतिशत अर्थात् ६ लाख ६० हजार ८३६ कित्ता र शंकरलाल अग्रवालको ०.६६ प्रतिशत अर्थात् ६ लाख २० हजार ८९ कित्ता सेयर स्वामित्व रहेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालमा सन् १९८७ देखि सञ्चालनमा रहेको छ । स्ट्याण्डर्ड चार्टड समूहको अभिन्न अंगको रूपमा रहेको बैँकमा नेपाली सर्वसाधारणको २९.७९ प्रतिशत स्वामित्व रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.