एपेक्स कलेजको दीक्षान्त समारोह सम्पन्न

  २०८१ मंसिर २४ गते ९:३५     विकासन्युज

काठमाडौं । एपेक्स कलेजले क्लास अफ २०२४ को सम्मानमा विशेष दीक्षान्त समारोह आयोजना गरेको छ ।  वार्षिक दीक्षान्त समारोहले उत्कृष्ट विद्यार्थीहरूलाई प्रतिष्ठित इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति प्रदान गरेर सम्मान गर्ने परम्परालाई निरन्तरता दिएको छ ।

यस वर्ष, कलेजबाट कूल २५८ विद्यार्थीहरू दीक्षित हुँदैछन्, जसमा १५० स्नातक ( ब्याचलर्स) डिग्री प्राप्त गर्ने र १०८ स्नातकोत्तर (मास्टर्स) डिग्री प्राप्त गर्ने विद्यार्थीहरू छन् । यी विद्यार्थीहरूले आफ्नो उत्कृष्ट उपलब्धि र उज्ज्वल भविष्यको सम्भावनालाई मद्दत पुर्‍याउँदै इनोभेट नेपाल ग्रुपका कलेजहरूमा आफ्नो स्नातकोत्तर शिक्षा जारी राख्नेछन् ।

यस वर्षको छात्रवृत्ति एपेक्स कलेज बिबिए – बैंकिङ र इन्स्योरेन्सका विद्यार्थी यादव प्रसाद पाण्डेलाई प्रदान गरिएको छ । एपेक्स कलेजका १५० विद्यार्थीहरूमध्येबाट उनी छानिएका हुन् । उनले एपेक्स कलेजमै एमबीए अध्ययनलाई निरन्तरता दिने छन् । यो अवार्डसँगै इनोभेट नेपाल ग्रुप अन्तर्गतकै कुनै संस्थामा काम गर्ने अवसर पनि प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.