२०८१ मंसिर २४ गते १२:१६ विकासन्युज
काठमाडौं । नेपालमा हुन्डाई गाडीका आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले सोमबारदेखि डिसेम्बर ‘डिसेम्बर डिलाइट’को अभियान सुरु गरेको छ ।
मंसिर ३० सम्म चल्ने यो अभियानमा ग्राहकले विभिन्न आकर्षक छुट तथा विशेष लाभहरूको फाइदा लिन सक्ने लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ ।
‘डिसेम्बर डिलाइट’अन्तर्गत ग्राहकहरूले ६ लाख रुपैयाँसम्मको छुट, ५ लाख रुपैयाँसम्मको एक्स्चेज बोनस र एक वर्षको बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै, ग्राहकहरूले जिरो कस्ट अनरसिप प्लानअन्तर्गत आफूलाई मन पर्ने गाडी सजिलै खरिद गर्न सक्नेछन् ।
साथै ३ वर्षको नि:शुल्क चेक-अप, गाडी मर्मत सामग्रीहरू तथा विभिन्न वास कुपन र ३ वर्षको सर्भिसिङ प्याकेजको पनि लाभ लिन सकिने लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ ।
यही शनिबार, योमरी पुन्ही र उधौली पर्वको अवसरमा नक्साल, भक्तपुर, र थापाथाली सोरुमहरूमा पर्व विशेष कार्यक्रमहरूको पनि आयोजना हुन लागेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.