२०८१ मंसिर २५ गते ९:३१ विकासन्युज
काठमाडौं । हेराल्ड कलेज काठमाडौंको वार्षिक दीक्षान्त समारोह सम्पन्न भएको छ । होटेल याक एण्ड यतीमा आयोजित कार्यक्रममा कलेजबाट कूल ६२१ विद्यार्थीहरू दीक्षित भएका हुन् । जसमा ४२८ स्नातक (ब्याचलर्स) डिग्री प्राप्त गर्ने र १९३ स्नातकोत्तर (मास्टर्स) डिग्री प्राप्त गर्ने विद्यार्थीहरू छन् ।
कलेजले दीक्षित हुनु प्रत्येक विद्यार्थीको जीवनको एक महत्त्वपूर्ण माइलस्टोन भएको र यो समारोहले विद्यार्थीहरूको शैक्षिक उपलब्धि माइलस्टोन र नयाँ अध्ययनको सुरुवातको सन्देश दिने उल्लेख गरेको छ । वार्षिक दीक्षान्त समारोहले उत्कृष्ट विद्यार्थीहरूलाई प्रतिष्ठित इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति प्रदान गरेर सम्मान गर्ने परम्परालाई निरन्तरता दिएको छ ।
यस वर्षको छात्रवृत्ति हेराल्ड कलेज बिएससी (अनर्स) कम्प्युटर साइन्सका विद्यार्थी धिरजकुमार साह कानुलाई प्रदान गरिएको छ । उनले एपेक्स कलेजमा एमबिए अध्ययनलाई निरन्तरता दिने छन् । यो अवार्डसँगै इनोभेट नेपाल ग्रुप अन्तर्गतकै कुनै संस्थामा काम गर्ने अवसर पनि प्राप्त गर्नेछन् ।
आफ्नो मुख्य मन्तव्यमा इनोभेट नेपाल ग्रुपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले यहाँ अध्ययनरत विद्यार्थीले नेपालको सरकारी निकाय, उत्कृष्ट व्यापारिक प्रतिष्ठानमाहरुमा रोजगार पाइरहेको बताए । उनले बेलायती विश्वविद्यालयको डिग्री विश्वकै उत्कृष्ट रहेको दाबी गर्दै यहाँ पढ्ने विद्यार्थीहरू सूचना प्रविधि क्षेत्रमा अग्र स्थानमा रहेको धारणा राखे । अध्यक्ष बुढाथोकीले नेपालमा बेलायती शिक्षाले गर्दा विद्यार्थीमा स्वअध्ययन बढेको धारणा समेत व्यक्त गरे ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.